नियम ५०
चियाबगान स्थापना गर्न वा भई रहेकोलाई बढाउँदा जनाउ दिनु पर्ने
: (१) कुनै चियाबगान स्थापना गर्न वा भैरहेको चियाबगानलाई बढाउनु परेमा सो चियाबगानको व्यवस्थापकले त्यस्तो कार्य गर्नु भन्दा कम्तिमा पन्ध्र दिन अगावै देहायका विषय सम्बन्धी विवरण सहित सम्बन्धित श्रम
कार्यालयमा जनाउ दिनु पर्नेछ :
(क) जमिनको क्षेत्रफल, किसिम र चार किल्लाको विवरण,
(ख) उत्पादन प्रक्रियाबाट ग्याँस निस्कने अवस्था भएमा सो ग्याँस
कारखानाबाट बाहिर निकाल्ने व्यवस्थाको प्रबन्ध,
(ग) शौचालयको उपयुक्त व्यवस्था,
(घ) उत्पादन हुने माल बस्तुको नाम र परिमाण, साथै उत्पादन प्रक्रियाको लागि आवश्यक शक्तिको प्रकृति र परिमाण,
(२) उपनियम (१) बमोजिम श्रम कार्यालयलाई प्राप्त हुने विवरणमा कारखाना निरिक्षकले
आवशयक जाँचबुझ गरी स्वास्थ्य, सुरक्षा र पर्यावरण समेतको दृष्टिकोणबाट प्रतिकूल असर पर्ने देखिएमा प्राप्त विवरण आवशयकतानुसार संशोधन वा परिवर्तन गर्न सम्बन्धित चियाबगानको व्यवस्थापकलाई कारखाना निरीक्षकले निर्देशन दिन सक्नेछ । यसरी दिएको निर्देशनको पालना गर्नु सम्बन्धित व्यवस्थापकको कर्तव्य हुनेछ ।